Kathmandu Press

पहिरोले पुरिएर बाजुरामा बृद्धको मृत्यु

बाजुरा, असार ३० : बाजुराको पूर्वीउत्तरी क्षेत्रमा पर्ने बूढीनन्दा नगरपालिका–३ मा पहिरोमा पुरिएर एक बृद्धको मृत्यु भएको छ।

बूढीनन्दा&nd....

पहिरोले पुरिएर बाजुरामा बृद्धको मृत्यु

बाजुरा, असार ३० : बाजुराको पूर्वीउत्तरी क्षेत्रमा पर्ने बूढीनन्दा नगरपालिका–३ मा पहिरोमा पुरिएर एक बृद्धको मृत्यु भएको छ।

बूढीनन्दा–३ मेलढुस्काका ७२ वर्षीय शिव बोहोराको पहिरोमा पुरिएर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी निरीक्षक दानबहादुर रोकायाले बताए।

सोमबार मेलढुस्का काप्कोट सडकको बीचमा गोरु चराउन गएका वेला माथिबाट आएको पहिरोमा परी उनको मृत्यु भएको प्रहरी निरीक्षक रोकायाले बताए। थप अनुसन्धानका लागि प्रहरी टोली घटनास्थलतर्फ गएको छ।

प्रकाशित मिति: १०:५० बजे, मंगलबार, असार ३०, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्