पूर्वपश्चिम राजमार्गको दाउन्नेमा पहिरो गएको छ। पहिरोले रुख खस्दा कार र ट्...." />पूर्वपश्चिम राजमार्गको दाउन्नेमा पहिरो गएको छ। पहिरोले रुख खस्दा कार र ट्...." />पूर्वपश्चिम राजमार्गको दाउन्नेमा पहिरो गएको छ। पहिरोले रुख खस्दा कार र ट्....">

पूर्व-पश्चिम राजमार्गमा पहिरो, कार र ट्रक च्यापिए

नवलपरासी, असार ३० :पूर्वपश्चिम राजमार्गको दाउन्नेमा पहिरो गएको छ। पहिरोले रुख खस्दा कार र ट्....

पूर्व-पश्चिम राजमार्गमा पहिरो, कार र ट्रक च्यापिए

नवलपरासी, असार ३० :पूर्वपश्चिम राजमार्गको दाउन्नेमा पहिरो गएको छ। पहिरोले रुख खस्दा कार र ट्रक च्यापिएका छन्।

आज बिहान नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को विनयी त्रिवेणी गाउँपालिका–२ मा पर्ने विश्वकर्मा बाबाको मन्दिर नजिक पहिरो गएको हो। पहिरोले पूर्वपश्चिम राजमार्ग पनि अवरुद्ध भएको छ।

मन्दिर नजिकैको घिउखोलामा आज बिहानै पहिरो खसेपछि राजमार्ग अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय नवलपरासीपूर्वले जनाएको छ। पहिरोसँगै खसेको रुखले बा १४ च ७०२० नम्बरको कार र ना ६ ख १५५९ नम्बरको ट्रक च्यापिएको प्रहरीले जनाएको छ ।

पहिरोका कारण कुनै पनि मानवीय क्षति भने नभएको जिल्ला प्रहरी कार्यालय नवलपरासीपूर्वका प्रहरी नायब उपरीक्षक मोहनबहादुर खाँणले बताए। सुरक्षा निकाय र सडकको टोलीले पहिरो पन्छाएर अवरुद्ध सडक खुलाउने प्रयास गरिरहेको उनले बताए।

पहिरोले सकड अवरुद्ध हुँदा बिहानैदेखि राजमार्गमा सवारी साधनको लामो लाइन लागेको छ। कयौं यात्रु अलपत्र परेका छन्।

प्रकाशित मिति: ०९:५५ बजे, मंगलबार, असार ३०, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्