Kathmandu Press

भोटेकोशी बाढीपहिरो पीडित ७३ घरपरिवारलाई राहत

काठमाडौं, असार ३० : बाह्रबिसे नगरपालिकाका बाढी पहिरो पीडित ७३ घरपरिवारलाई नेपाली काँग्रेसले राहत वितरण गरेको छ । बाढीपीडित ७३ परिवारलाई आइतबार खाद्यान....

भोटेकोशी बाढीपहिरो पीडित ७३ घरपरिवारलाई राहत

काठमाडौं, असार ३० : बाह्रबिसे नगरपालिकाका बाढी पहिरो पीडित ७३ घरपरिवारलाई नेपाली काँग्रेसले राहत वितरण गरेको छ । बाढीपीडित ७३ परिवारलाई आइतबार खाद्यान्न वितरण गरिएको हो ।

जम्बुका ३४ परिवार तथा खागदल, सिरिसे, टार र रुम्टाका ३९ परिवार गरी ७३ परिवारलाई चामल, दाल, चिउरा, मस्यौरालगायत खाद्यान्न वितरण गरिएको काँग्रेसका स्थानीय नेता युधिर पौडेललले जानकारी दिए । बाढीपीडितको घर भोटेकोशी र यान्की खोलाले बगाएपछि उनीहरुलाई गाँसबासकै समस्या हुँदै आएको थियो ।

काँग्रेसले बाढीपहिरोमा परी आफन्त गुमाएका र बेपत्ता भएका परिवारलाई नगद राहत दिएको छ । काँग्रेसका केन्द्रिय सदस्य तथा पूर्वमन्त्री मोहनबहादुर बस्नेत र क्षेत्रीय सभापति बालकृष्ण बस्नेतले बाह्रबिसे–५ जम्बुमा मृतक र बेपत्ता सात परिवारलाई प्रति घरपरिवार  सात हजारको दरले नगद वितरण गरेका थिए ।

उनीहरूले बाढीबाट पीडित २७ परिवारलाई प्रतिपरिवार  दुई हजार नगदसहित खाद्यान्न राहत वितरण गरेका थिए । 

प्रकाशित मिति: ०८:५९ बजे, मंगलबार, असार ३०, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्