Kathmandu Press

आजपनि भारी बर्षा, बाढी, पहिरो तथा डुबानको सम्भावना

काठमाडौं, असार ३० : जल तथा मौसम विज्ञान विभागले आज पनि देशको केही भागमा बाढी, पहिरो तथा डुबानको सम्भावना रहेको जनाएको छ ।

प्रदेश १, प्रदेश २....

आजपनि भारी बर्षा, बाढी, पहिरो तथा डुबानको सम्भावना

काठमाडौं, असार ३० : जल तथा मौसम विज्ञान विभागले आज पनि देशको केही भागमा बाढी, पहिरो तथा डुबानको सम्भावना रहेको जनाएको छ ।

प्रदेश १, प्रदेश २, बागमती प्रदेशका र गण्डकी प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना रहेकाले उक्त प्रदेशका नदीहरुमा पानीको बहाव बढ्ने, डुबान हुने तथा पहाडी क्षेत्रमा भूक्षय हुने र पहिरो जाने भन्दै सचेत रहन विभागले आग्रह गरेको हो ।

मेघगर्जन र चट्याङ्गसहित हल्का देखि मध्यम वर्षाको  सम्भावना रहेकाले सडक तथा हवाई यातायात सेवा प्रभावित हुनसक्ने विभागको भनाइ छ । 

प्रकाशित मिति: ०६:४० बजे, मंगलबार, असार ३०, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्