Kathmandu Press

भारतमा कोरोना संक्रमितको संख्या ९ लाख नाघ्यो 

काठमाडौं, असार ३० : भारतमा कोरोना संक्रमितको संख्या ९ लाख नाघेको छ । मंगलबार बिहान यो समाचार तयार पार्दासम्म ९ लाख ७ हजार ६४५ जना संक्रमित भएका छन् ।<....

भारतमा कोरोना संक्रमितको संख्या ९ लाख नाघ्यो 

काठमाडौं, असार ३० : भारतमा कोरोना संक्रमितको संख्या ९ लाख नाघेको छ । मंगलबार बिहान यो समाचार तयार पार्दासम्म ९ लाख ७ हजार ६४५ जना संक्रमित भएका छन् ।

त्यसमध्ये पछिल्लो २४ घण्टामा २८ हजार १७९ जना संक्रमित थपिए । भारतमा संक्रमितको कुल संख्या विश्वकै तेस्रो धेरै हो भने एसियामा सबैभन्दा बढी हो ।

यस्तै संक्रमणले मृत्यु हुनेको संख्या २३ हजार ७२७ पुगेको छ । पछिल्लो २४ घण्टामा थप ५४० जनाको मृत्यु भएको छ ।अहिलेसम्म संक्रमितमध्ये ५ लाख ७२ हजार ११२ संक्रमणमुक्त भएका छन् । 

प्रकाशित मिति: ०६:३३ बजे, मंगलबार, असार ३०, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्