Kathmandu Press

राम नेपाली हुन्, अयोध्या ठोरीमा छः  प्रधानमन्त्री ओली  

काठमाडौं, असार २९ : प्रधानमन्त्री केपी शर्मा ओलीले भगवान राम नेपाली भएको दाबी गरेका छन्।

भानु जयन्तीका अवसरमा प्रधानमन्त्री निवासमा सोमबार आ....

राम नेपाली हुन्, अयोध्या ठोरीमा छः  प्रधानमन्त्री ओली  

काठमाडौं, असार २९ : प्रधानमन्त्री केपी शर्मा ओलीले भगवान राम नेपाली भएको दाबी गरेका छन्।

भानु जयन्तीका अवसरमा प्रधानमन्त्री निवासमा सोमबार आयोजित कार्यक्रममा  उनले भारतले नक्कली अयोध्या खडा गरेर सांस्कृतिक तथ्यमाथि आक्रमण गरेको बताएका हुन्। 

उनले भगवान रामको राज्य अयोध्या नेपालको वीरगञ्ज पश्चिम ठोरीमा भएको बताए। उनले भारतले अयोध्या खडा गरेको दाबी समेत गरे। 

‘हामी अहिले पनि ठानिरहेका छौँ हामीले ‘सीता’ भारतका राजकुमार रामलाई दियौँ। भारतका होइन अयोध्याकालाई दिएका हौँ हामीले। अयोध्या भनेको वीरगञ्ज भन्दा अलि पश्चिमपट्टीको गाउँ हो। अहिले खडा गरिएको अयोध्या होइन,’ उनले भने, ‘अयोध्या भीषण विवाद छ है त्यहाँ। हाम्रोमा विवाद नै गर्नुपर्दैन। अयोध्या वीरगञ्जको पश्चिमपट्टी ठोरीमा, बाल्मिकी आश्रम यही (नेपालमा) र दशरथबाट सन्तान नभएपछि पुत्रीष्टी यज्ञ लगाउने पण्डीत जी रिडीका। त्यसकारण सन्तान (राम) पनि भारतीय होइनन् ठाउँ (अयोध्या) पनि भारतीयको होइन।’

भारतले भनेको अयोध्या नै सही भए त्यहाँका राजा जनकपुर विवाह गर्न कसरी आइपुगे भनेर प्रश्न गर्दै प्रधानमन्त्री ओलीले त्यो समयमा कुनै सञ्चार सुविधाबिना अहिले भारतले बनाएको अयोध्याबाट राम आउन सम्भव नभएको बताए।
 

प्रकाशित मिति: २०:११ बजे, सोमबार, असार २९, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्