Kathmandu Press

कोरोनामुक्त भई घर फर्कनेकाे संख्या आजसम्मकै उच्च

काठमाडौं, असार २९ : नेपालमा पछिल्लो २४ घण्टामा एक हजार ७०५ जना कोरोनामुक्त भएका छन्। सोमबार कोरोना निको भई घर फर्कनेको संख्या हालसम्मको उच्च हो। ....

कोरोनामुक्त भई घर फर्कनेकाे संख्या आजसम्मकै उच्च

काठमाडौं, असार २९ : नेपालमा पछिल्लो २४ घण्टामा एक हजार ७०५ जना कोरोनामुक्त भएका छन्। सोमबार कोरोना निको भई घर फर्कनेको संख्या हालसम्मको उच्च हो। 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयद्वारा आयोजित नियमित पत्रकार सम्मेलनमा प्रवक्ता जागेश्वर गौतमले आजसम्म डिस्चार्ज हुनेको संख्या १० हजार २९४ पुगेको बताए। कूल संक्रमितमध्ये ६० दशमलव ७ प्रतिशत उपचारपछि घर फर्किएका मन्त्रालयले जनाएको छ। 

प्रवक्ता डा गौतमका अनुसार हालसम्मको तथ्यांक हेर्दा विश्वभर एक करोड ३० लाख ४९ हजार १०७ कोरोना संक्रमित भएका छन्। कोरोनाले पाँच लाख ७१ हजार ८०७ को निधन भइसकेको छ।

दक्षिण एशियाली क्षेत्रीय सहयोग संगठन (सार्क) मुलुकमध्ये नेपाल पीसीआर परीक्षण गर्ने मुलुकमा अगाडि रहेको छ। भारत, बङ्गलादेश, श्रीलङ्का, पाकिस्तान र अफगानिस्तानभन्दा नेपाल अगाडि रहेको छ। त्यस्तै, प्रति दश लाख जनसङ्ख्यामा कोरोनाका कारण मृत्यु हुनेमा पनि नेपालमा अफ्गानिस्तान, बङ्गलादेश, श्रीलङ्का, पाकिस्तान र भारतभन्दा कम छ।

प्रकाशित मिति: १८:५३ बजे, सोमबार, असार २९, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्