Kathmandu Press

किशोरीको अश्लिल भिडियो बनाई पोर्न साइटमा पोष्ट गर्ने युवा पक्राउ

काठमाडौं, असार २९ : प्रहरीको साइबर ब्युरोले चितवनकी १७ वर्षीय एक किशोरीको अश्लिल भिडियो बनाई सामाजिक सञ्जालमा पोष्ट गर्ने एकजनालाई पक्राउ गरेको छ।&nbs....

किशोरीको अश्लिल भिडियो बनाई पोर्न साइटमा पोष्ट गर्ने युवा पक्राउ

काठमाडौं, असार २९ : प्रहरीको साइबर ब्युरोले चितवनकी १७ वर्षीय एक किशोरीको अश्लिल भिडियो बनाई सामाजिक सञ्जालमा पोष्ट गर्ने एकजनालाई पक्राउ गरेको छ। 

ब्युरोको टोलीले अश्लिल भिडियो बनाएर ब्लुसंसार डटकम नामको पोर्न वेबसाइटमा राख्ने काठमाडौं गोँगबुका २३ वर्षीय सुरज श्रेष्ठलाई आइतबार पक्राउ गरी आज सार्वजनिक गरेको हो। 

ब्युरोका प्रवक्ता, प्रहरी वरिष्ठ उपरीक्षक नविन्द अर्यालले श्रेष्ठले साइबर अपराध गरेर अश्लिल भिडियो पोर्न वेबसाइटमा राखेकाले पक्राउ गरिएको जानकारी दिए। पक्राउ परेका श्रेष्ठलाई काठमाडौं जिल्ला अदालतबाट सात दिनको म्याद थप गरेर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

उनलाई विद्युतीय कारोवार ऐन, २०६३ को परिच्छेद ९ को कसुरमा कारवाही गरिने ब्युरोले जनाएको छ।

प्रकाशित मिति: १८:३९ बजे, सोमबार, असार २९, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्