Kathmandu Press

झलनाथ भन्छन्- नेकपाको दुई तिहाइ अब आउँदैन, ओलीले बहुमतको सम्भावना टारिदिए

काठमाडाैं, असार २९ :  नेकपाका वरिष्ठ नेता झलनाथ खनालले आगामी संसदीय निर्वाचनमा नेकपालाई बहुमतको सम्भावना समेत नभएको  बताएका छन्। 

....
झलनाथ भन्छन्- नेकपाको दुई तिहाइ अब आउँदैन, ओलीले बहुमतको सम्भावना टारिदिए
फाइल

काठमाडाैं, असार २९ :  नेकपाका वरिष्ठ नेता झलनाथ खनालले आगामी संसदीय निर्वाचनमा नेकपालाई बहुमतको सम्भावना समेत नभएको  बताएका छन्। 

सोमबार सहाना प्रधानको स्मृति दिवसका अवसरमा जुममार्फत आयोजित कार्यक्रममा बोल्दै नेता खनालले वर्तमान सरकारलाई पुनर्गठन नगरेसम्म आगामी संसदीय निर्वाचनमा नेकपाले बहुमत समेत प्राप्त नगर्ने बताएका हुन्।

'केपी ओली नेतृत्वको सरकारले आगामी संसदीय निर्वाचनमा फेस गर्न समेत नेकपालाई गाह्रो बनाइसक्यो। दुई तिहाइको सम्भावना त टरिसकेको छ यो सरकारलाई पुनर्गठन भएन भने बहुमत समेत आउँदैन,' खनालले भने।

नेकपा सरकारको अबको आयु तीन वर्ष रहेको भन्दै उनले यो अवधिमा पार्टी र सरकारलाई पुनर्गठन गरेर लोकप्रिय काम गर्नुको विकल्प नभएको बताए। पार्टी र सरकारको पुनर्गठन सम्बन्धमा स्थायी कमिटीमा छलफल भइरहेको भन्दै उनले बैठकले पार्टी र सरकारको सुधारका लागि छिट्टै उपयुक्त निर्णय लिने दाबी गरे।

तीन पटक स्थगित भएको नेकपा स्थायी कमिटी बैठक साउन २ गतेका लागि तय भएको छ।

प्रकाशित मिति: १८:३२ बजे, सोमबार, असार २९, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्