Kathmandu Press

एक महिनाको अवधिमा बिदेशबाट एक सय ६७ नेपालीको शव ल्याइयो

काठमाडौं, असार २९ : लडाउनको समयमा सरकारले गरेको चार्टन उडानमार्फत विदेशबाट एक सय ६७ जना नेपालीको शव ल्याइएको छ। एक महिनाको अवधिमा सरकारले विभिन्न देशम....

एक महिनाको अवधिमा बिदेशबाट एक सय ६७ नेपालीको शव ल्याइयो

काठमाडौं, असार २९ : लडाउनको समयमा सरकारले गरेको चार्टन उडानमार्फत विदेशबाट एक सय ६७ जना नेपालीको शव ल्याइएको छ। एक महिनाको अवधिमा सरकारले विभिन्न देशमा अलपत्र परेको नागरिकको उद्दार गर्ने क्रममा उक्त शव पनि ल्याएको हो। 

जेठ २८ देखि असार २८ गतेसम्मको अवधिमा २५ मुलुकबाट करिब एक दर्जन वायुसेवाले १ सय ७५ वटा चार्टर उडान भएका थिए। सोही उडानमार्फत मध्यपूर्वी मुलुकका आठ देशबाट १ सय ६७ वटा शव ल्याएको छाउनीस्थित कोभिड–१९ सञ्चालन व्यवस्थापन केन्द्र (सीसीएमसी) ले जनाएको छ। 

जसअनुसार साउदी अरबियाबाट ५९, मलेसियाबाट ४१, कतारबाट ४१, यूएईबाट १०, बहराइनबाट ६, कुवेतबाट ८, माल्दिभ्सबाट १ र ओमनबाट १ गरी १ सय ६७ वटा शव ल्याइएको हो।

कोरोना भाइरसको कारणले नभई अन्य कारणले मृत्यु भएका नेपालीको शव ल्याइएको हो।

प्रकाशित मिति: १८:१९ बजे, सोमबार, असार २९, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्