Kathmandu Press

सिन्धुपाल्चोकमा खोलाले बगाउँदा एकको मृत्यु

सिन्धुपाल्चोक, असार २९ : सिन्धुपाल्चोकको झ्याडी खोलाले बगाएर आज एक वृद्धको मृत्यु भएको छ। मृत्यु हुनेमा इन्द्रावती गाउँपालिका –९ भोटसीपा निवासी ....

सिन्धुपाल्चोकमा खोलाले बगाउँदा एकको मृत्यु

सिन्धुपाल्चोक, असार २९ : सिन्धुपाल्चोकको झ्याडी खोलाले बगाएर आज एक वृद्धको मृत्यु भएको छ। मृत्यु हुनेमा इन्द्रावती गाउँपालिका –९ भोटसीपा निवासी ५७ वर्षीय धावा लामा छन्। 

खोला तर्ने क्रममा बगाएको लामाको शव करीब एक किलोमिटर तल भेटिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

उता गत बुधबार रातिको बाढी पहिराले बेपत्ता भएका बाह्रबीसे नगरपालिका –५ जम्बु र भोटेकोशी गाउँपालिका –५ बुलकोटेका २० जनाको खोजी जारी छ। पानी पर्ने क्रम नरोकिएपछि उद्धारमा कठिनाइ भइरहेको प्रहरी निरीक्षक रामचन्द्र घिमिरेले जानकारी दिए।

प्रकाशित मिति: १७:५४ बजे, सोमबार, असार २९, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्