Kathmandu Press

सुन्दर यातायातका चार बिजुली बस भोलिदेखि सञ्चालन हुने

काठमाडौं, असार २९ : सुन्दर यातायात प्रालिले चार वटा बिजुली बस सञ्चालनमा ल्याउने तयारी गरेको छ। सरकारी मापदण्ड अनुसार पुरानै भाडादरमा मंगलबारदेखि सवारी....

सुन्दर यातायातका चार बिजुली बस भोलिदेखि सञ्चालन हुने

काठमाडौं, असार २९ : सुन्दर यातायात प्रालिले चार वटा बिजुली बस सञ्चालनमा ल्याउने तयारी गरेको छ। सरकारी मापदण्ड अनुसार पुरानै भाडादरमा मंगलबारदेखि सवारी सञ्चालन गर्ने प्रालिले जनाएको छ। 

सरकारले ५० प्रतिशत बढी भाडा लिन पाउने बताएपनि प्रालिले पुरानै भाडादरमा सेवा दिन लागेको हो। आधामात्र यात्रु राखेर सवारी चलाउन पाइने भएपछि सरकारले ५० प्रतिशत बढी भाडा असुल्न पाइने नियम बनाएको थियो।

प्रालिले २ वटा पुरानै रुटमा र २ नयाँ रुटमा सवारी सञ्चालन गर्न लागेको छ। सुन्दरयातायातका दुई सवारी भोलिदेखि रिङरोडमा २ र सूर्यविनायक–जमल–रत्नपार्क रुटमा २ वटा चल्नेछन्।

प्रकाशित मिति: १७:२२ बजे, सोमबार, असार २९, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्