Kathmandu Press

कर्णाली प्रदेशका थप ४७ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं, असार २९ : कर्णाली प्रदेशमा थप ४७ जना कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। 

सुर्खेतस्थित कर्णाली प्रदेश अस्पताल, पशुपन्छी रोग अ....

कर्णाली प्रदेशका थप ४७ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं, असार २९ : कर्णाली प्रदेशमा थप ४७ जना कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। 

सुर्खेतस्थित कर्णाली प्रदेश अस्पताल, पशुपन्छी रोग अन्वेषण प्रयोगशाला र रुकुम पश्चिमको चौरजहारी नगरपालिकाको प्रयोगशालामा गरिएको परीक्षणमा गत २४ घण्टामा ४७ जनामा संक्रमण पुष्टि भएको हो।

संक्रमिमतमध्ये ४१ जना सुर्खेतका रहेका छन्। त्यस्तै रुकुम पश्चिमका २, दैलेखका २, जाजरकोटका १ र बाँकेका १ जना रहेका छन्। 

यससँगै कर्णाली प्रदेशमा कोरोना संक्रमितको संख्या १६ सय ६३ पुगेको छ।

त्यस्तै कर्णाली प्रदेशबाट ४७ जना डिस्चार्ज भएका छन्।

यससँगै कर्णाली प्रदेशमा कोरोनामुक्त भएर डिस्चार्ज हुनेको संख्या १४ सय ५५ पुगेको छ।

प्रकाशित मिति: १६:५३ बजे, सोमबार, असार २९, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्