काठमाडौं उपत्यकाका थप ९ जनामा कोरोनाको संक्रमण पुष्टि
काठमाडौं, असार २९ : काठमाडौं उपत्यकामा थप ९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।
सोमबार राष्ट्रिय जनस्वास्थ्य प्रयोग....

काठमाडौं, असार २९ : काठमाडौं उपत्यकामा थप ९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।
सोमबार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला, शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल, पाटन अस्पताल र त्रिवि शिक्षण अस्पतालमा गरिएको परीक्षणमा काठमाडौं उपत्यकाका थप ९ जनामा कोरोनाको संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए।
उनका अनुसार संक्रमितहरु काठमाडौं तीन, ललितपुर पाँच र भक्तपुरका एक जना रहेका छन्।
योसँगै नेपालमा कोरोनाबाट संक्रमित हुनेको संख्या १६ हजार ९ सय ४५ पुगेको छ। संक्रमितमध्ये हालसम्म १० हजार २ सय ९४ जना निको भएर घर फर्किएका छन् भने संक्रमणबाट अहिलेसम्म ३८ जनाको मृत्यु भएको छ।
प्रवक्ता गौतमका अनुसार सोमबार कोरोनालाई जितेर १७०५ जना घर फर्किएका छन्।




-1792226847.jpeg)






-1792226847.jpeg)