Kathmandu Press

घुस लिएको आरोपमा प्रहरी निरीक्षक र अधिवक्ताविरुद्ध मुद्दा दर्ता

काठमाडौं, असार २९ : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले घुस लिएको आरोपमा प्रहरी निरीक्षक र अधिवक्ताविरुद्ध विषेश अदालतमा मुद्दा दायर गरेको छ। बलात्कारक....

घुस लिएको आरोपमा प्रहरी निरीक्षक र अधिवक्ताविरुद्ध मुद्दा दर्ता

काठमाडौं, असार २९ : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले घुस लिएको आरोपमा प्रहरी निरीक्षक र अधिवक्ताविरुद्ध विषेश अदालतमा मुद्दा दायर गरेको छ। बलात्कारको मुद्दा मिलाइदिन्छु भन्दै सेवाग्राहीसँग घुस लिएको आरोपमा अख्तियारले उनीहरुलाई सोमबार मुद्दा दायर गरेको हो।

जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी निरीक्षक प्रकाशसिंह कार्की र लिगल एड्भोकेसी सर्भिस सेन्टरका अधिवक्ता हिमालय बिक्रम बिष्टविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको हो। जिल्ला प्रहरी कार्यालय कैलालीमा दर्ता भएको जवर्जस्ती करणीको मुद्दामा सहजीकरणको गरिदिने भन्दै कार्कीले बिष्टलाई सेवाग्राहीसँग रकमको बार्गेनिङ गर्न लगाएका थिए। 

अख्तियारको कञ्चनपुर कार्यालयबाट खटिएको टोलीले उनीहरुलाई ५० हजार रुपैयाँ घुस लिँदालिँदै रंगेहात पक्राउ गरेको थियो। 

प्रकाशित मिति: १६:०२ बजे, सोमबार, असार २९, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्