Kathmandu Press

दार्चुलामा २० हजार केजी खाद्यन्न ढुवानी गर्दै माउन्टेन हेलिकोप्टर  

काठमाडौं, असार २९ : भारतसँग सीमा जोडिएको दार्चुलाका गाँउमा खाद्यन्न अभाव हुन थालेपछि हेलिकोप्टरमार्फत ढुवानी गर्न थालिएको छ। माउन्टेन हेलिकोप्टरमार्फत....

दार्चुलामा २० हजार केजी खाद्यन्न ढुवानी गर्दै माउन्टेन हेलिकोप्टर  

काठमाडौं, असार २९ : भारतसँग सीमा जोडिएको दार्चुलाका गाँउमा खाद्यन्न अभाव हुन थालेपछि हेलिकोप्टरमार्फत ढुवानी गर्न थालिएको छ। माउन्टेन हेलिकोप्टरमार्फत खाद्य संस्थानले खाद्यन्न ढुवानी गरिरहेको हो।

सुर्खेतबाट २० हजार केजी खाद्यन्न दार्चुलाको छाङ्गुमा ढुवानी भइरहेको माउन्टेन हेलिकोप्टरका मार्केटिङ अप्रेसन म्यानेजर सन्दीप भण्डारीले जानकारी दिए। 

‘छाङ्गुका लागि १० हजार केजी र तिंकरका लागि १० हजार केजी खाद्यन्न सुर्खेतबाट ढुवानी गरिरहेका छौं,’ उनले भने। उनका अनुसार अहिलेसम्म १५ फ्लाइट भइसकेको र जम्मा ३५ फ्लाइट हुनेछ।

प्रकाशित मिति: १५:५३ बजे, सोमबार, असार २९, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्