Kathmandu Press

गृहमन्त्री थापाले भने- भारतीय हस्तक्षेपका कारण तराई डुबानमा पर्‍यो

काठमाडौं, असार २९ : गृहमन्त्री रामबहादुर थापा बादलले भारतका कारण तराई डुबानमा परेको बताएका छन्।

प्रतिनिधिसभा अन्तर्गतको राज्य व्यवस्था ....

गृहमन्त्री थापाले भने- भारतीय हस्तक्षेपका कारण तराई डुबानमा पर्‍यो

काठमाडौं, असार २९ : गृहमन्त्री रामबहादुर थापा बादलले भारतका कारण तराई डुबानमा परेको बताएका छन्।

प्रतिनिधिसभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिको सोमबार सिंहदरबारमा बसेको बैठकमा गृहमन्त्री बादलले भारतीय हस्तक्षेपका कारण तराई वर्षौंदेखि डुबानमा पर्दै आएको बताएका हुन्। 

‘भारतले बनाएका सामान्तर बाँध र बाटोका कारण तराई डुबानमा पर्ने गरेको छ,’ उनले भने,‘यो भारतीय पक्षले नेपालमाथि गरेको हस्तक्षेप हो। डुबानको समस्या समाधानका लागि हामीले पहल गरिरहेका छौं।’

गृहमन्त्री बादलले सीमामा बनाएको बाँध र बाटो बनाएको ठाउँमा भारतीय पक्षले निकास दिनुपर्ने बताए। ‘आफ्नो रक्षाका लागि भारतीय पक्षले् बाँध बनाएका छन्। निकास नदिँदा त्यसले नेपालमा समस्या परेको छ,’ उनले भने।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी नेपाल आउँदा डुबानको सयमस्याबारे अध्ययन गर्न कार्यदल बनाउने भनिएपनि त्यो कार्यान्वयन नभएको गृहमन्त्री बादलले बताए।
 

प्रकाशित मिति: १५:१९ बजे, सोमबार, असार २९, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्