Kathmandu Press

संक्रमित बढेपछि महालक्ष्मी नगरपालिका आंशिक लकडाउन गराउन ६ राजनीतिक दलको माग

काठमाडौं, असार २९ : ललितपुरको महालक्ष्मी नगरपालिकामा कोरोना संक्रमितको संख्या बढ्दै गएपछि ६ राजनीतिक दलका प्रतिनिधिहरुले आंशिक लकडाउन गराउन माग गरेका ....

संक्रमित बढेपछि महालक्ष्मी नगरपालिका आंशिक लकडाउन गराउन ६ राजनीतिक दलको माग

काठमाडौं, असार २९ : ललितपुरको महालक्ष्मी नगरपालिकामा कोरोना संक्रमितको संख्या बढ्दै गएपछि ६ राजनीतिक दलका प्रतिनिधिहरुले आंशिक लकडाउन गराउन माग गरेका छन्। नेपाली कांग्रेससहित राजनीतिक दलका प्रचिनिधिले नगरप्रमुख रामेश्वर श्रेष्ठलाई ज्ञापन पत्र बुझाउँदै आंशिक लकडाउन गराउन माग गरेका हुन्।

सोमबार बुझाएको ज्ञापनपत्रमा सबैको निःशुल्क पीसीआर परीक्षण गर्नसमेत माग गरिएको छ। 

महालक्ष्मी नगरपालिकामा मात्रै दुई दर्जनभन्दा बढीलाई कोरोना भाइरसको संक्रमण देखिएको छ।

लुभु क्षेत्रमा कोरोना संक्रमित भेटिएपछि वडा नम्बर ७, ८ र ९ मा मात्रै आंशिक लकडाउन गरिएको छ। 

नगरप्रमुखलाई नेपाली कांग्रेस महालक्ष्मी नगर सभापति दिवाकर सिलवाल, राप्रपा नेता नरेश कार्की, नेकपा क्रान्तिकारी माओवादीका अर्जुनलाल श्रेष्ठ, नेकपा मालेका चन्दा श्रेष्ठ, जनता समाजवादी पार्टीका नेता रमेश पोखरेल तथा देशभक्त गणतान्त्रिक मोर्चाका मुकेश श्रेष्ठले ज्ञापन पत्र बुझाएका हुन्।

प्रकाशित मिति: १४:०३ बजे, सोमबार, असार २९, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्