काठमाडौंका दुई निजी अस्पतालले पाए आफैँ स्वाब संकलन गरेर परीक्षण गर्ने अनुमति
काठमाडौं, असार २९ : काठमाडौंका दुई निजी अस्पताललले आफैं स्वाब संकलन गरेर परीक्षण गर्ने अनुमति पाएका छन्।
काठमाडौं मेडिलक कलेज र स्टार ....

काठमाडौं, असार २९ : काठमाडौंका दुई निजी अस्पताललले आफैं स्वाब संकलन गरेर परीक्षण गर्ने अनुमति पाएका छन्।
काठमाडौं मेडिलक कलेज र स्टार अस्पतालले आफ्ना सबै बिरामी, कूटनीतिज्ञ तथा विदेश जानुपर्ने व्यक्तिहरुको स्वाब संकलन र पीसीआर परीक्षण गर्ने अनुमति पाएका हुन्।
आफैं स्वाब संकलन गरेर परीक्षण गर्ने अनुमति सरकारीबाहेक यी दुई अस्पतालले मात्रै पाएका हुन्।
‘केएमसी र स्टार हस्पिटलले स्वाब संकलन र परीक्षणको अनुमति पाएका छन्। निजी ल्याबले भने नमूना मात्र परीक्षण गर्न पाउनेछन्,’ स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले भने।
काठमाडौंको नयाँ बानेश्वरमा रहेको सेन्ट्रल डाईग्नोस्टिक ल्याव (सीडीएल) र लाजिम्पाटमा रहेको सूर्या हेल्थ केयरले भने नमूना मात्रै परीक्षण गर्न पाउनेछन्।
सरकारले निजी क्षेत्रलाई नै स्वाब संकलन गर्न दिएर पीसीआर परीक्षणको अनुमति दिएको यो पहिलो पटक हो। यसअघि विभिन्न क्षेत्रका व्यक्तिहरुले मापदण्ड पुगेका निजी क्षेत्रलाई कोरोना परीक्षणको अनुमति दिनुपर्ने माग गर्दै आएका थिए।
पछिल्लो समय सरकारले परीक्षणको दायरा घटाएर कोराना संक्रमितको संख्या घटाएको भन्दै चर्को विरोध हुँदै आएको छ। दैनिक ८ हजार जनासम्म कोरोना परीक्षण गरेको सरकारले अहिले ३ हजारको हाराहारीमा मात्रै परीक्षण गर्दै आएको छ।
यसअघि स्वास्थ्य मन्त्रालयले नै बनाएको कार्य योजनामा निजी क्षेत्रलाई पनि सहभागी गरेर दैनिक १० हजार पीसीआर परीक्षण गर्ने उल्लेख गरेको थियो। तर त्यो कार्ययोजना मन्त्रालयमै थन्किएर बसेको छ।




-1792226847.jpeg)






-1792226847.jpeg)