Kathmandu Press

पहिराेले लमजुङका २७ घरका परिवार विस्थापित

लमजुङ, असार २९ : अविरल वर्षाको कारण पहिरो जाँदा मध्य नेपाल नगरपालिका–६ का दुई घर बगाएको छ। पहिरोले आज बिहान देवी कुँवर र बमबहादुर कुँवरको घर बगा....

पहिराेले लमजुङका २७ घरका परिवार विस्थापित
Hardik ivf

लमजुङ, असार २९ : अविरल वर्षाको कारण पहिरो जाँदा मध्य नेपाल नगरपालिका–६ का दुई घर बगाएको छ। पहिरोले आज बिहान देवी कुँवर र बमबहादुर कुँवरको घर बगाएको स्थानीय रामचन्द्र पौडेलले बताए।

त्यस्तै शिरमणि भट्टराई, दीपेश भट्टराई, एकमाया दुरा र हरिमाया परियारको घर पहिराले पुरेको स्थानीय पौडेलको भनाइ छ।  एक्साभेटरले पहिरो हटाउने कार्य भइरहेको छ। सो वडास्थित रानीपानीका १३ घर र लामासोतीका १४ घर गरी २७ घर विस्थापित भएको प्रहरीले जनाएको छ। उनीहरुलाई सोही वडाको इशानेश्वर माध्यमिक विद्यालयमा राखिएको छ।

सो क्षेत्रका विभिन्न घर तथा बस्ती जोखिममा रहेको र विभिन्न स्थानमा बाढीपहिराले क्षति पुगेको प्रहरी नायब उपरीक्षक गंगाबहादुर थापाले बताए। सो क्षेत्रमा प्रहरी र स्थानीय मिलेर पीडीतलाई सुरक्षित स्थानमा लैजाने कार्य भइरहेको उनको भनाइ छ। सो क्षेत्रका गुम्बाखोला, रिस्तीखोला, चर्दीखोला, गलाडीखोलामा आएको बाढीले  विभिन्न स्थानमा क्षति पुगेको छ। 

प्रकाशित मिति: १२:५७ बजे, सोमबार, असार २९, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्