Kathmandu Press

मुटुमा समस्या देखिएपछि स्वास्थ्य राज्यमन्त्री रावत गंगालाल अस्पताल भर्ना

काठमाडौं, असार २९ : स्वास्थ्य तथा जनसङ्ख्या राज्यमन्त्री नवराज रावत बाँसबारीस्थित शहीद गंगाललाल हृदय केन्द्र भर्ना भएका छन्। स्वास्थ्यमा समस्या भएपछि ....

मुटुमा समस्या देखिएपछि स्वास्थ्य राज्यमन्त्री रावत गंगालाल अस्पताल भर्ना

काठमाडौं, असार २९ : स्वास्थ्य तथा जनसङ्ख्या राज्यमन्त्री नवराज रावत बाँसबारीस्थित शहीद गंगाललाल हृदय केन्द्र भर्ना भएका छन्। स्वास्थ्यमा समस्या भएपछि उनलाई आइतबार अस्पताल भर्ना गरिएको हो।

 मुटुमा समस्या आएपछि रावतको आइतबार मुटुको एन्जीओप्लास्टी (शल्यक्रिया) गरिएको उनको निजी सचिवालय सदस्य भीमराज सिंहले जानकारी दिए। 

उनका अनुसार राज्यमन्त्री रावतको स्वास्थ्यावस्था सुधारोन्मुख छ। केन्द्रका निर्देशक डा चन्द्रमणि अधिकारी नेतृत्वको टोलीले राज्यमन्त्री रावतको शल्यक्रिया गरेका थिए। 

उपचारपछि आजै राज्यमन्त्री रावतलाई घर पठाइने बताइएको छ। 

प्रकाशित मिति: १२:५० बजे, सोमबार, असार २९, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्