Kathmandu Press

मापदण्डअनुसार काठमाडौंमा मयूर यातायातको सेवा सुरु

काठमाडौं, असार २९ : काठमाडौंमा मयूर यातायात कम्पनीले सेवा सुरु गरेको छ। कम्पनीले काठमाडौंदेखि धुलिखेल-पनौती रुटमा दुई वटा बस चलाएको छ भने रिंगरोडमा ४ ....

मापदण्डअनुसार काठमाडौंमा मयूर यातायातको सेवा सुरु

काठमाडौं, असार २९ : काठमाडौंमा मयूर यातायात कम्पनीले सेवा सुरु गरेको छ। कम्पनीले काठमाडौंदेखि धुलिखेल-पनौती रुटमा दुई वटा बस चलाएको छ भने रिंगरोडमा ४ वटा बस चलाएको छ। 

सरकारले तोकेको मापदण्डअनुसार सेवा सुरु गरिएको कम्पनीले जनाएको छ। एक पंक्तिको एउटा सिटमा एक जना मात्रै राख्ने र ५० प्रतिशत बढी भाडा लिने गरी सेवा सुरु गरेको हो। बसमा यात्रुलाई मास्क अनिवार्य गरिएको छ।

गाडी मर्मतको काम भइरहेकोले अबका केही दिनमा २० देखि २२ वटासम्म बस चलाउने कम्पनीले जनाएको छ। 

सरकारले असार २६ गतेदेखि उपत्यकाभित्र सार्वजनिक सवारी खुला गरेपनि चल्न सकेकाे थिएन।

प्रकाशित मिति: १२:२५ बजे, सोमबार, असार २९, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्