Kathmandu Press

तनहुँमा पहिरोमा पुरिएर ६ को मृत्यु, पाँच बेपत्ता

तनहुँ, असार २९ : अविरल वर्षासँगै आएको पहिरोमा पुरिएर तनहुँमा मृत्यु हुनेको संख्या ६ पुगेको छ। 

पहिराले घर पुरिँदा व्यास नगरपालिका&ndash....

तनहुँमा पहिरोमा पुरिएर ६ को मृत्यु, पाँच बेपत्ता
रासस

तनहुँ, असार २९ : अविरल वर्षासँगै आएको पहिरोमा पुरिएर तनहुँमा मृत्यु हुनेको संख्या ६ पुगेको छ। 

पहिराले घर पुरिँदा व्यास नगरपालिका–९ माँझफाँटका चार जना, ऋषिङ गाउँपालिका–८ पल्ट्याङमा एक जना र म्याग्दे गाउँपालिका–६ बेलौतेडाँडामा एक जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ।

पहिरोले व्यास नगरपालिका–९ माँझफाँटका ४० वर्षीया कमला थापा, उनका छोरा २४ वर्षीय मनोज र छोरी २१ वर्षीया अञ्जनालाई पुरेको थियो। कमलाका २० वर्षीय छोरा राजेश भने बेपत्ता छन्। कमलाका पति केशरबहादुरलाई भने उद्धार गरी उपचारका लागि अस्पताल ल्याउने तयारी गरिएको छ।  

सोही ठाउँकै ७० वर्षीया मैतकुमारी घर्तीको पनि पहिराले पुरिएर मृत्यु भएको छ। त्यस्तै पहिराले पुरिएर म्याग्दे गाउँपालिका–६ बेलौतेडाँडा बस्ने १७ वर्षीया लक्ष्मी विकको मृत्यु भएको छ। ऋषिङ गाउँपालिका–८ पल्ट्याङमा पहिराले पुरिएर बेपत्ता भएकामध्ये एक जनाको शव फेला परेको छ भने बाँकी चार जना बेपत्ता छन्। बेपत्ताको खोजी कार्य भइरहेको ऋषिङ गाउँपालिकाका प्रवक्ता विजय दरैले जानकारी दिए। 

स्थानीय अनबहादुर थापाको घर पहिराले पुरिँदा जेठो छोरा ३० वर्षीय भेषबहादुर थापा, निजकी श्रीमती २९ वर्षीया नानुमाया, छोरी ५ वर्षीया अमिषा थापा, अनबहादुरको छोरा २२ वर्षीय महादेव थापा र उनकी श्रीमती १९ वर्षीया मनिसरा थापा बेपत्ता छन्। सोही ठाउँकै ६० वर्षीय ज्योतिमाया थापाको भने उद्धारपछि उपचार भइरहेको छ।रासस

प्रकाशित मिति: १२:११ बजे, सोमबार, असार २९, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्