Kathmandu Press

भारतमा एकै दिन थपिए २९ हजार कोरोना संक्रमित

काठमाडौं, असार २९ : भारतमा एकै दिन २९ हजार कोरोना भाइरस संक्रमित थपिएका छन्।

भारतको स्वास्थ्य मन्त्रालयको तथ्यांकअनुसार, गत २४ घन्टामा २९ हज....

भारतमा एकै दिन थपिए २९ हजार कोरोना संक्रमित

काठमाडौं, असार २९ : भारतमा एकै दिन २९ हजार कोरोना भाइरस संक्रमित थपिएका छन्।

भारतको स्वास्थ्य मन्त्रालयको तथ्यांकअनुसार, गत २४ घन्टामा २९ हजार एक सय आठ संक्रमित थपिएका हुन्। योसँगै भारतमा कोरोना संक्रमितको संख्या आठ लाख ७९ हजार चार सय ६६ पुगेको छ।

सोमबार बिहानसम्म कोरोबाट २३ हजार एक सय ८७ जनाले ज्यान गुमाएका छन्। अझै आठ हजार नौ सय ४४ जना गम्भीर रहेको छ। अहिलेसम्म पाँच लाख ५४ हजार चार सय २९ जना निको भएका छन्।

भारतका प्रमुख शहरहरुमा कोरोनाको संक्रमण बढ्दै गएको छ। राजधानी नयाँ दिल्ली, मुम्बई, बेंग्लोरमा संक्रमित थपिँदै गएका छन्।

सबैभन्दा बढी महाराष्ट्र, नयाँ दिल्ली, गुजरात, तालिमनाडुमा कोरोना संक्रमितको संख्या अत्यधिक रहेको छ।

संक्रमण बढेसँगै भारतले परीक्षण पनि बढाएको छ। दैनिक एक लाखको परीक्षण गर्न थालिएको जनाएको छ। अहिलेसम्म एक करोड १८ लाख ६ हजार दुई सय ५६ जनाको परीक्षण गरिएको छ।

प्रकाशित मिति: १२:०० बजे, सोमबार, असार २९, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्