Kathmandu Press

कोरोना परीक्षण गर्न उपत्यकाका चारसहित ६ निजी अस्पतालले पाए अनुमति

काठमाडौं, असार २९ : सरकारले कोरोना भाइरस परीक्षणको लागि ६ निजी अस्पताललाई अनुमति दिएको छ। काठमाडौं उपत्यकाका चार र उपत्यका बाहिरका २ निजी अस्पताललाई प....

कोरोना परीक्षण गर्न उपत्यकाका चारसहित ६ निजी अस्पतालले पाए अनुमति

काठमाडौं, असार २९ : सरकारले कोरोना भाइरस परीक्षणको लागि ६ निजी अस्पताललाई अनुमति दिएको छ। काठमाडौं उपत्यकाका चार र उपत्यका बाहिरका २ निजी अस्पताललाई पीसीआर परीक्षण गर्न अनुमति दिएको हो। 

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुले मापदण्ड पुगेका काठमाडौंका ४, बुटवलका १ र नेपालगञ्जका १ निजी प्रयोगशालालाई परीक्षण गर्न अनुमति दिएको हो।

उपत्यकाको ललितपुर सानेपाको स्टार अस्पताल, सिनामंगलको काठमाडौं मेडिकल कलेज शिक्षण अस्पताल, नयाँ बानेश्वरमा रहेको सेन्ट्रल डाईग्नोस्टिक ल्याव (सीडीएल) र लाजिम्पाटमा रहेको सूर्या हेल्थ कियरले अनुमति पाएको हो। 

त्यस्तै उपत्यका बाहिरका बुटवलमा रहेको नेशनल प्याथ ल्याव र नेपालगञ्जमा रहेको बागेश्वरी प्रयोगशालाले परीक्षण गर्न अनुमति पाएको हो। 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको मापदण्ड अनुसार तोकिएको प्रयोगशालाले सरकारले संकलन गरेर दिएको नमूना मात्र परीक्षण गर्न पाउनेछन्।

हाल देशभर २५ वटा प्रयोगशाला सञ्चालनमा छन्।

प्रकाशित मिति: ११:५९ बजे, सोमबार, असार २९, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्