Kathmandu Press

पहिरोको उच्च जोखिमले संखुवासभाका ७३ परिवारले घर छाडे

संखुवासभा, असार २९ : संखुवासभाको सिलिचोङ गाउँपालिका–१ सिसुवा बेसिन्दाका पहिरोको उच्च जोखिम परेका ७३ परिवारले घर छाडेका छन्।

पहिरोको उच....

पहिरोको उच्च जोखिमले संखुवासभाका ७३ परिवारले घर छाडे

संखुवासभा, असार २९ : संखुवासभाको सिलिचोङ गाउँपालिका–१ सिसुवा बेसिन्दाका पहिरोको उच्च जोखिम परेका ७३ परिवारले घर छाडेका छन्।

पहिरोको उच्च जोखिम भएपछि उनीहरुलाई सुरक्षित स्थानमा सारिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। अहिले उनीहरु सिसुवाखोला नजिकैको चित्रेडाँडामा बसिरहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक नवराज मल्लले बताए। पहिरोले कुनै पनि वेला घर बगाउन सक्ने खतरा भएपछि सुरक्षाकर्मीले सुरक्षित रूपमा सारेको डीएसपी मल्लले बताए।

पहिरोबाट बेपत्ता भएका ११ जनाको खोजीमा अहिले स्थानीयवासी, प्रहरी चौकी ताम्कु, प्रहरी चौकी सिसुवा र ताम्कुबाट गएको नेपाली सेना जुटिरहेको छ। अहिलेसम्म कोही पनि फेला नपरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

पहिरोले उद्धारमा खटिएका मदन राईको घटनास्थलमै मृत्यु भएको छ। विस्थापित भएका परिवारलाई राहत सामग्री लिएर इटहरीबाट जाने लागेको सेनाको हेलिकप्टर मौसम खराबी भएपछि जान नसकेको प्रहरी प्रमुख मल्लले बताए।

अहिले पनि त्यस क्षेत्रमा निरन्तर पानी परिरहेका कारण उद्धारमा कठिनाइ भएको प्रहरीले जनाएको छ। अविरल वर्षाले उद्धारका लागि सदरमुकाम खाँदबारीबाट हिँडेका ६० सुरक्षाकर्मी घटनास्थल पुग्न सकेका छैनन्।

उद्धार तथा बेपत्ताको खोजीकार्यका लागि सेनाले विपद् व्यवस्थापनको सामग्रीसहित ३० जनाको टोली खटाएको छ भने जनपथ प्रहरी १५ जना र सशस्त्र प्रहरी १५ जना घटनास्थलतर्फ लागेका छन्। घटनास्थल सदरमुकाम खाँदबारीबाट एक दिन टाढा पर्छ। यातायातका साधन नचल्ने भएकाले प्रहरी हिँडेर घटनास्थलतर्फ लागेका छन्। (रासस)

प्रकाशित मिति: १०:३० बजे, सोमबार, असार २९, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्