Kathmandu Press

मनसुनी वायु सक्रिय, केही स्थानमा भारी बर्षाको सम्भावना 

काठमाडौं, असार २९ : हाल नेपालभर मनसुनी वायु सक्रिय रहेको छ । जल तथा मौसम विज्ञान विभागले सोमबार जारी गरेको मौसम पूर्वानुमानमा हाल नेपालभर मनसुनी वायु ....

मनसुनी वायु सक्रिय, केही स्थानमा भारी बर्षाको सम्भावना 

काठमाडौं, असार २९ : हाल नेपालभर मनसुनी वायु सक्रिय रहेको छ । जल तथा मौसम विज्ञान विभागले सोमबार जारी गरेको मौसम पूर्वानुमानमा हाल नेपालभर मनसुनी वायु सक्रिय रहेको जनाएको हो ।

देशका धेरै ठाउँमा अहिले पनि पानी परिरहेको छ । आज दिउँसो प्रदेश १, प्रदेश २ र वाग्मती प्रदेशका थोरै ठाउँ तथा गण्डकी प्रदेशको एक, दुई ठाउँमा भारी वर्षाको सम्भावना रहेको छ ।

यस्तै, सोमबार दिउँसो देशभर सामान्य देखि पूर्ण बदली रही धेरै जसो स्थानहरुमा मेघगर्जन, चट्याङ्गसहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ ।  

प्रदेश १, प्रदेश २, वाग्मती प्रदेश, गण्डकी प्रदेशका तथा प्रदेश ५ थोरै ठाउँमा भारी वर्षाको  समेत सम्भावना रहेको महाशाखाले जनाएको छ । 

प्रकाशित मिति: ०७:४२ बजे, सोमबार, असार २९, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्