Kathmandu Press

तनहुँको मादी पुल नजिकै पहिरो, पृथ्वी राजमार्ग अबरुद्ध  

काठमाडौं, असार २९ : तनहुँको दमौली बजारबाट नजिकै रहेको मादी पुल आसपासमा पहिरो जाँदा पृथ्वी राजमार्ग अबरुद्ध भएको छ ।

अबिरल बर्षासँगै बिहान कर....

तनहुँको मादी पुल नजिकै पहिरो, पृथ्वी राजमार्ग अबरुद्ध  
फाइल

काठमाडौं, असार २९ : तनहुँको दमौली बजारबाट नजिकै रहेको मादी पुल आसपासमा पहिरो जाँदा पृथ्वी राजमार्ग अबरुद्ध भएको छ ।

अबिरल बर्षासँगै बिहान करिब ५ बजेतीर दुर्गा मन्दिर नजिकै आएको पहिरोले पृथ्वी राजमार्ग अबरुद्ध बनेको हो ।

अहिले अबरुद्ध पहिरो हटाई सडक खुलाउने कार्य जारी रहेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।

राजमार्ग अबरुद्ध भएतापनि लकडाउनका कारण गाडीको आवतजावत कम हुँदा राजमार्गमा गाडीको चाप भने देखिएको छैन् । 

प्रकाशित मिति: ०७:०९ बजे, सोमबार, असार २९, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्