Kathmandu Press

लठ्ठी प्रहार गरी पतिको हत्या आराेपमा पत्नी पक्राउ

रुकुमपूर्व, असार २८ : रुकुमपूर्वमा पतिको हत्या आरोपमा प्रहरीले एक महिलालाई पक्राउ गरेको छ। सिस्ने गाउँपालिका ६ झिङ्ग्रीकी महिलालाई प्रहरीले पतिको हत्य....

लठ्ठी प्रहार गरी पतिको हत्या आराेपमा पत्नी पक्राउ

रुकुमपूर्व, असार २८ : रुकुमपूर्वमा पतिको हत्या आरोपमा प्रहरीले एक महिलालाई पक्राउ गरेको छ। सिस्ने गाउँपालिका ६ झिङ्ग्रीकी महिलालाई प्रहरीले पतिको हत्या आरोपमा पक्राउ गरेको हो। 

शनिबार साँझ ५ बजेतिर घरायसी विवाद हुँदा पत्नी तिलसरादेवीले टाउकामा लठ्ठीले प्रहार गर्दा पति लुद्रबहादुरको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एवम् प्रहरी निरीक्षक दिनेश गुरुङले जानकारी दिए।

घटनाको खबर पाएलगतै प्रहरीले राति १० बजे नै घटनास्थल पुगेर अनुसन्धान शुरु गरेको छ। प्रहरीले तिलसरादेवीलाई घटनास्थलबाटै नियन्त्रणमा लिएको प्रनि गुरुङले जानकारी दिए। अभियुक्त तिलसरादेवीलाई आज जिल्ला अदालतमा पेश गरी घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रकाशित मिति: १७:५० बजे, आइतबार, असार २८, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्