Kathmandu Press

चौबिस मुलुकबाट २६ हजारभन्दा बढी स्वदेश फर्किए

काठमाडौं, असार २८ : कोरोना भाइरसको महामारीका कारण विभिन्न मुलुकमा अफ्ठ्यारोमा परेका २६ हजार ३९६ नेपाली स्वदेश फर्किएका छन्। कोभिड–१९ संकट व्यवस्....

चौबिस मुलुकबाट २६ हजारभन्दा बढी स्वदेश फर्किए

काठमाडौं, असार २८ : कोरोना भाइरसको महामारीका कारण विभिन्न मुलुकमा अफ्ठ्यारोमा परेका २६ हजार ३९६ नेपाली स्वदेश फर्किएका छन्। कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सिसिएमसी)को पछिल्लो विवरणअनुसार यही असार २७ गतेसम्म विभिन्न २४ मुलुकमा भएको चार्टर्ड उडानमार्फत उनीहरु घर फर्किएका हुन्।

यीमध्ये सबैभन्दा धेरै युएईबाट पाँच हजार ५२६, कुवेतबाट पाँच हजार २४३, साउदी अरेबियाबाट चार हजार ३०, मलेसियाबाट तीन हजार ५३ र कतारबाट दुई हजार ८८४  स्वदेश फर्किएका छन्।

प्रदेशगत हिसाबले सबैभन्दा बढी वागमती प्रदेशका सात हजार ६६०, प्रदेश नं १ का पाँच ४७८, प्रदेश नं ५ का चार हजार ३४१, प्रदेश नं २ का चार हजार ३४४, गण्डकी प्रदेशका तीन हजार ३५०, सुदूरपश्चिम प्रदेशका ६३७ र कर्णाली प्रदेशका ५८६ नेपाल फर्किएका छन्।
    
उद्धारका उडानका लागि नेपालका दुई एयरलाइन्स नेपाल वायु सेवा निगम नेपाल एयरलाइन्स) र हिमालय एयरलाइन्स तथा विभिन्न विदेशी एयरलाइन्सले चार्टर्ड उडान गरेका थिए।

सरकारले गत जेठ १६ गते तेस्रो मुलुकमा रहेका नेपाली नागरिकलाई प्राथमिकीकरण गरेर स्वदेश फर्काउने निर्णय गरेको थियो। सिसिएमसीको निर्णयअनुरुप पहिलो चरणमा २५ हजारलाई स्वदेश फर्काउने निर्णय गरेको थियो। अझै प्राथमिकतामा पर्ने धेरै नेपाली विदेशबाट फर्कनुपर्ने अवस्था भएकाले मन्त्रालयले थप उडानको तालिका निर्धाण गरेको छ।

प्रकाशित मिति: १७:३४ बजे, आइतबार, असार २८, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्