Kathmandu Press

आफ्नो स्वतन्त्रताका लागि लड, अरुका स्वतन्त्रताका लागि झन् लड : वात्स्यायन

काठमाडौं, चैत ७ : दिग्गज कार्टुनिष्ट दुर्गा बराल (वात्स्यायन)ले कार्टुनिष्टका लागि स्वतन्त्रता सबैभन्दा महत्वपूर्ण भएको बताएका छन्। 

....
आफ्नो स्वतन्त्रताका लागि लड, अरुका स्वतन्त्रताका लागि झन् लड : वात्स्यायन
रिवाज राई

काठमाडौं, चैत ७ : दिग्गज कार्टुनिष्ट दुर्गा बराल (वात्स्यायन)ले कार्टुनिष्टका लागि स्वतन्त्रता सबैभन्दा महत्वपूर्ण भएको बताएका छन्। 

बन्धनमा बाँधिएको कार्टुनिष्टले व्यङ्ग्य चेतले भरिएको कार्टुन बनाउन नसक्ने भन्दै वात्स्यायनले नयाँ पुस्ताका कार्टुनिष्टहरूलाई सुझाव दिएका छन् – ‘आफ्नो स्वतन्त्रताका लागि लड्नुपर्छ, अरुको स्वतन्त्रता हरण नहोस् भनेर पनि लड्नुपर्छ, अनि मात्रै कार्टुनिष्टको कामको सार्थकता रहन्छ ।’

कार्टुनिष्ट क्लब अफ नेपालद्वारा राजधानीमा बिहीबार आयोजित एक कार्यक्रममा ‘बराथा स्मृति सम्मान’ द्वारा सम्मानित भएपछि वात्स्यायनले यस्तो विचार व्यक्त गरेका हुन् । 

Hardik ivf

‘मसँग अझै पनि आर के लक्ष्मणका कार्टुनहरूको संग्रह छ ।’

दुई तिहाइ कम्युनिष्ट सरकारले विभिन्न ऐन–कानुन ल्याई कार्टुनिष्ट, पत्रकार, स्रष्टा र सामाजिक सञ्जाल प्रयोगकर्ताहरूको स्वतन्त्रता हरण गर्न लागेको भन्दै सर्वत्र चिन्ता प्रकट भइरहेको बेला वात्स्यायनले नयाँ पुस्ताका कार्टुनिष्टहरूलाई स्वतन्त्रताको महत्व स्मरण गराएका हुन् । 

सम्मानित व्यक्तित्वहरू

वात्स्यायनले वर्तमान सरकारको ठाडो आलोचना त गरेनन्, तर राजा ज्ञानेन्द्र शाहको निरंकुश शासन कालमा भोगेको अनुभवको स्मरण गर्दै भने, ‘कार्टुनिष्टलाई थ्रेट पनि आउँछ, तर यस्ता थ्रेटसँग डराउनु हुँदैन।’

राजा ज्ञानेन्द्र शाहको शासन–कालमा वात्स्यायनले बनाएको एउटा कार्टुन निकै विवादास्पद भएको थियो । त्यो कार्टुनमा उनले तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालालाई संवैधानिक राजतन्त्र रुपी सिनो बोकेर हिँडिरहेको देखाएका थिए । त्यस बेला संविधानको मान–मर्दन गरेको भन्दै उनको चर्को आलोचना भएको थियो । 

दुर्गा बराल वात्स्यायन सम्मान ग्रहण गर्दै

उनले भने, ‘कतिले त मलाई मृत्युदण्ड दिनुपर्ने माग पनि गरे । आखिर प्रजातन्त्रको जननी भनिने बेलायतमै पनि कार्टुनिष्टलाई मृत्युदण्ड दिइएको उदाहरण हामीसँग छ ।’

कार्यक्रममा बोल्दै वात्स्यायनले आफ्ना कार्टुनहरूले सर्वसाधारणको दिल–दिमाग छुनुको कारण पनि खोले । उनले भने, ‘धेरैले सोच्दा हुन् – पत्रपत्रिकामा जे समाचार छापिन्छ, त्यसैका आधारमा कार्टुनिष्टहरूले कार्टुन बनाउँछन् । कतिले त्यसै पनि गर्छन् । तर, म चाहिँ पत्रपत्रिकामा मात्रै भर पर्दिनँ । पत्रपत्रिकासँगै वास्तविक जिन्दगी पनि हेर्छु ।’ 

त्यस अवसरमा उनले ५० वर्षअघि चित्रकला पढ्न काठमाडौं आउँदा संघर्ष गरेका दिनहरू पनि सम्झिए । उनले आफूलाई कार्टुनिष्ट बनाउनमा पूर्व पत्रकार एवं मन्त्री रमेशनाथ पाण्डेको हात रहेको पनि सुनाए। 

संस्कृतिविद् सत्यमोहन जोशी आफ्नै कार्टुन चित्र ग्रहण गर्दै

पाण्डे त्यसबेला नयँ सन्देश पत्रिकाका सम्पादक थिए । उनले वात्स्यायनलाई कार्टुन कोर्ने काम दिए । तर, वात्स्यायनले त्यो बेलासम्म कार्टुन देखेका पनि थिएनन् । पाण्डेले नै टाइम्स अफ इण्डियामा छापिने आर के लक्ष्मणका कार्टुनहरूसँग वात्स्यायनलाई परिचित गराए । 

‘आर के लक्ष्मणका कार्टुनहरूले मलाई साह्रै प्रभावित पार्‍यो । मैले टाइम्स अफ इण्डियामा छापिने आर के लक्ष्मणका सबै कार्टुनहरू संकलन गर्न थालेँ,’ वात्स्यायनले भने । ‘मसँग अझै पनि आर के लक्ष्मणका कार्टुनहरूको संग्रह छ ।’

उनले सफल कार्टुनिष्ट बन्न ड्रइङ र विचार दुबै सशक्त हुनुपर्ने बताए ।

त्यस अवसरमा वात्स्यायनसँगै अन्य कार्टुनिष्ट तथा कलाकारहरूलाई पनि सम्मान गरिएको थियो । कार्टुनिष्ट क्लब अफ नेपालले २०७० सालदेखि बाराथा सम्मान सुरु गरेको हो । पहिलो वर्ष गोवद्र्धन विक्रम शाहलाई यो सम्मान दिइएको थियो । तर, विगत ३ वर्षमा यो सम्मान कसैलाई दिइएको थिएन । 

प्रकाशित मिति: १९:२२ बजे, बिहीबार, चैत ७, २०७५
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्