Kathmandu Press

पर्यटनमन्त्रीको निर्देशन- बिचौलियाको होइन पशुपति क्षेत्रको हितमा काम गर्नुस् 

काठमाडौं, असार २८ : संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले कोही अमूक बिचौलियाको हितमा नभई बृहत्तर पशुपति क्षेत्रको हितमा लाग्न....

पर्यटनमन्त्रीको निर्देशन- बिचौलियाको होइन पशुपति क्षेत्रको हितमा काम गर्नुस् 

काठमाडौं, असार २८ : संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले कोही अमूक बिचौलियाको हितमा नभई बृहत्तर पशुपति क्षेत्रको हितमा लाग्न निर्देशन दिएका छन्।

पशुपति क्षेत्र विकास कोषको समिक्षा बैठकलाई सम्बोधन गर्दै मन्त्री भट्टराईले बिचौलियाको हितमा काम नगर्न कोषका पदाधिकारी तथा कर्मचारीलाई निर्देशन दिएका हुन्।

वृहत्तर पशुपति क्षेत्र विकास अन्र्तगतका हरेक योजना संघीय, प्रदेश तथा स्थानीय तहका जनप्रतिनिधि, राजनीतिक दलका प्रतिनिधि र स्थानीय अगुवाहरु राखेर सार्वजानिक सुनुवाइमार्फत अगाडि बढाउन उनले निर्देशन पनि दिए।

‘यदाकता कोही बिचौलियाका स्वार्थमा पनि काम हुने गरेको गुनासो सुन्ने गरिएको छ, त्यस्तो काम जो कोहीले गरेको भएपनि राम्रो होइन। जे गर्ने हो त्यो पशुपतिको हितलाई ध्यानमा राखेर मात्र गर्नुहोला,’ उनले भने।

मन्त्री भट्टराईले सार्वजानिक संस्थाहरुको सम्पत्तिमा व्यक्ति तथा समूहको आँखा पर्ने गरेको भएकाले निजी स्वार्थका निम्ति पशुपतिको सम्पत्तिमा दख्खल दिने कार्य नियन्त्रण गर्न समेत पनि निर्देशन दिए। 

कोषको गोठाटारको जग्गा अतिक्रमणबारे हिजोमात्रै विभिन्न सञ्चारमाध्यमहरुमा आएको समाचारप्रति आफ्नोे ध्यानाकर्षण भएको उल्लेख गर्दैै मन्त्री भट्टराईले भने,‘छिट्टै चार किल्ला निश्चित गरेर आफ्नो जग्गामा तारबार गर्नुस्, कसैले कोषको जग्गामा संरचना बनाएको छ भने ती पनि हटाउनुस्।’

पशुपतिलाई राष्ट्रिय गौरवको आयोजनाभित्र राखेर राष्ट्रले प्राथामिकताको सूचीमा राखेको स्मरण गराउँदै उनले भने,‘यहाँ गरिने लगानीले यसलाई पर्यटकीय गन्तव्यका रुपमा थप परिष्कृत त बनाउँछ नै त्यसका अतिरिक्त लगानी गरिसकेपछि राज्यले आम्दानीको समेत अपेक्षा राखेको हुन्छ।’

अब मुलुक विस्तारै कोरोनाको त्रासबाट माथि उठ्दै गरेको र सर्वाजानिक सवारी पनि चल्न थालेकाले निश्चित समयसम्मका लागि स्वास्थ्य सुरक्षासम्बन्धी प्रोटोकल बनाएर पशुपतिनाथको दर्शन  पनि खुला गर्ने गरी तयारी गर्न मन्त्री भट्टराईले निर्देशन दिएका थिए।
 

प्रकाशित मिति: १७:३३ बजे, आइतबार, असार २८, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्