Kathmandu Press

समाजवादी पार्टीले गरेको कारबाहीविरुद्ध सर्वोच्च पुगिन् सरिता गिरी 

काठमाडौं,  असार २८ : कानून विपरीत समाजवादी पार्टीले आफूमाथि कारबाही गरेको भन्दै सरिता गिरीले सर्वोच्च अदालतमा रिट दायर गरेकी छिन्।

....
समाजवादी पार्टीले गरेको कारबाहीविरुद्ध सर्वोच्च पुगिन् सरिता गिरी 
फाइल

काठमाडौं,  असार २८ : कानून विपरीत समाजवादी पार्टीले आफूमाथि कारबाही गरेको भन्दै सरिता गिरीले सर्वोच्च अदालतमा रिट दायर गरेकी छिन्।

पार्टीले आफूलाई कानून विपरीत साधारण सदस्यसमेत नरहने गरी निष्काशन तथा सांसदबाट हटाएको दाबी गर्दै गिरीले आइतबार सर्वोच्चमा रिट दायर गरेकी हुन्। सर्वोच्चका सूचना अधिकारी देवेन्द्र ढकालका अनुसार गिरीको रिटको पेसी आगामी मंगलबारका लागि तोकिएको छ। 

यसअघि समाजवादी पार्टीले पार्टीको ह्विपविरुद्ध संविधान संशोधनको पक्षमा मतदान नगरेको भन्दै गिरीलाई पार्टीको साधारण सदस्यसमेत नरहने गरी कारबाही गरेर सांसदबाट हटाएको थियो।

लिम्पियाधुरा, लिपुलेक र कालापानीसहितको भारतले अतिक्रमण गरेको नेपाली भू-भाग समेटेर जारी गरिएको नयाँ नक्सामा पास गर्न संविधान संशोधन गर्दा पक्षमा मतदान नगरी गिरी संसद बैठक छोडेर हिडेकी थिइन्। 

पार्टीको ह्विपविपरीत हिँडेको भन्दै समाजवादी पार्टीले छानविन गरी कारबाही सिफारिस गर्न सांसद रामसहायप्रसाद यादवको संयोजकत्वमा मोहम्मद इस्तियाक राई र सुशीला श्रेष्ठ रहेको कार्यदल बनाएको थियो।

यादव नेतृत्वको कार्यदलको सिफारिसमा पदाधिकारी बैठकले गिरीलाई पार्टीको साधारण सदस्यसमेत नरहने गरी निष्काशन गर्नुका साथै सांसदबाट हटाउने निर्णय गरेको थियो। 

प्रकाशित मिति: १७:१७ बजे, आइतबार, असार २८, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्