उपत्यकाका थप ६ जनामा कोरोना संक्रमण पुष्टि
काठमाडौं, असार २८ : उपत्यकामा आइतबार थप ६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
संक्रमितमध्ये काठमाडौंका पाँच र ललितपुरका एक जना रहेका नियमित ....

काठमाडौं, असार २८ : उपत्यकामा आइतबार थप ६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
संक्रमितमध्ये काठमाडौंका पाँच र ललितपुरका एक जना रहेका नियमित प्रेस ब्रिफिङका क्रममा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवत्ता डा. जागेश्वर गौतमले बताए। काठमाडौं उपत्यकामा कोरोना संक्रमितको संख्या ३ सय ४७ पुगेको छ। भक्तपुरमा भने आज नयाँ संक्रमित फेला परेका छैनन्।
योसँगै नेपालमा कोरोना संक्रमितको संख्या १६ हजार ८०१ पुगेको छ। संक्रमितमध्ये हालसम्म ८ हजार ५ सय ८९ जना निको भएर घर फर्किएका छन्। उनका अनुसार आइतबार कोरोनालाई जितेर १४७ जना घर फर्किएका छन्।
त्यस्तै, कोरोना संक्रमणबाट हालसम्म ३८ जनाको मृत्यु भइसकेको छ।
प्रकाशित मिति: १६:४९ बजे, आइतबार, असार २८, २०७७
प्रतिक्रिया दिनुहोस्
थप समाचार




-1792226847.jpeg)






-1792226847.jpeg)