Kathmandu Press

सलहको दुई झुन्ड फेरि नेपाल प्रवेश

काठमाडौं, असार २८ : सलहका झुन्ड फेरि नेपाल प्रवेश गरेको छ। आइतबार दुई झुन्ड सलह दाङमा देखिएको सलह सूचना केन्द्रले जनाएको छ। 

यो झु....

सलहको दुई झुन्ड फेरि नेपाल प्रवेश

काठमाडौं, असार २८ : सलहका झुन्ड फेरि नेपाल प्रवेश गरेको छ। आइतबार दुई झुन्ड सलह दाङमा देखिएको सलह सूचना केन्द्रले जनाएको छ। 

यो झुन्ड भारतको बहराइच क्षेत्र हुँदै नेपाल प्रवेश गरेको केन्द्रले जनाएको छ। केन्द्रका प्रमुख एवं किट विज्ञ रामकृष्ण सुवेदीका अनुसार सलहको झुन्ड एक/दुई लाखमा भएको अनुमान गरिएको छ। 

केन्द्रले प्रक्षेपण गरेको सलहको ठूलो झुन्ड भने नेपाल प्रवेश गरेको छैन। केन्द्रले भारतको राजस्थानबाट उत्तरपूर्वतर्फ हावा बहन थालेपछि झुन्ड पुन: नेपाल प्रवेश गर्ने अनुमान गरेको थियो।

प्रकाशित मिति: १६:११ बजे, आइतबार, असार २८, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्