Kathmandu Press

जिल्ला वन कार्यालय बाराका सहायक वन अधिकृतविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौं, असार २८ : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जिल्ला वन कार्यालय बाराका सहायक वन अधिकृत विन्देश्वरप्रसाद पटेलविरुद्ध भ्रष्टाचार मुद्दा दायर भ....

जिल्ला वन कार्यालय बाराका सहायक वन अधिकृतविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौं, असार २८ : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जिल्ला वन कार्यालय बाराका सहायक वन अधिकृत विन्देश्वरप्रसाद पटेलविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ। 

पटेलले वन कार्यालय अन्तर्गतको वरियापुर नर्सरीमा राष्ट्रपति चुरे संरक्षणका लागि बाँसको बिरुवा खरिद गर्दा अनियमितता गरेको भन्दै अख्तियारमा उजुरी परेको थियो। सो उजुरीमाथि छानबिन गर्दा बिरुवा खरिद नै नगरी नक्कली बिल तयार पारी भुक्तानी लिएको पाइएको अभियोगपत्रमा उल्लेख छ। 

पटेलले राष्ट्रपति चुरे तराई मधेश संरक्षण विकास कार्यक्रम वंगरी नदी प्रणालीतर्फ दुई हजार वटा दुई वर्षे बाँसको कलमी राइजोम उत्पादन वा खरिद गर्नका लागि तीन लाख रुपैयाँकोृ नक्कली बिल तयार पारेर भुक्तानी लिएका थिए। सो नर्सरीको व्याड निर्माणका लागि ०७५ फागुन मसान्तभित्रमा काम सम्पन्न गर्ने भनिएको थियो तर कुनै पनि कामै नगरी उनले भुक्तानी लिएको अभियोग पत्रमा उल्लेख छ।

उनलाई विगो जरिवाना र कैदको माग राखी विषेश अदालतमा मुद्दा दायर गरिएको हो।

प्रकाशित मिति: १५:५० बजे, आइतबार, असार २८, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्