Kathmandu Press

मृत भनिएका व्यक्ति पाल्पामा जीवितै भेटिए

पाल्पा, असार २८ : पाल्पामा मृत भनी दाहसंस्कार गरिएका व्यक्ति जीवित भेटिएका छन्। गुल्मी जिल्ला रुरु गाउँपालिका ५ बम्गाका ६५ वर्षीय श्यामशरण भण्डारी पाल....

मृत भनिएका व्यक्ति पाल्पामा जीवितै भेटिए

पाल्पा, असार २८ : पाल्पामा मृत भनी दाहसंस्कार गरिएका व्यक्ति जीवित भेटिएका छन्। गुल्मी जिल्ला रुरु गाउँपालिका ५ बम्गाका ६५ वर्षीय श्यामशरण भण्डारी पाल्पाको रैनादेवी छहरा गाउँपालिका–१ अर्चलेमा जीवित अवस्थामा भेटिएका हुन्।

गुल्मी निवासी भण्डारी हाल रुपन्देही जिल्लाको मणिग्राममा सपरिवार बसोबास गर्दै आएका थिए। केही दिनअघि रुरु गाउँपालिकास्थित कालीगण्डकी नदी क्षेत्रमा पुरुषको लास भेटिएको थियो। पुरुषको लासलाई श्यामशरणको लास भनी आफन्तले दाहसंस्कार गरेका थिए। 

किरिया बसेको नौ दिनमा जीवित भेटिएपछि आफन्तहरु खुशी देखिएका छन्। पाल्पाका अर्चलेका भीष्मा पन्तले श्यामशरण जीवित भेटिएको जानकारी  रिडीमा बसोबास गर्दै आएका चुरामणि तिमिल्सिनालाई दिएका थिए। 

श्यामशरण घर पुग्दा परिवार र आफन्तहरुको भीड लागेको थियो।

प्रकाशित मिति: १४:५३ बजे, आइतबार, असार २८, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्