Kathmandu Press

जीप दुर्घटनामा एकको मृत्यु

रुपन्देही, असार २८ : रुपन्देहीको कञ्चन गाउँपालिकास्थित फायरलाइनमा बलेरो जीप दुर्घटनामा एक जनाको मृत्यु भएको छ। स्थानीय हरैयाबजारबाट फायरलाइनतर्फ आउँदै....

जीप दुर्घटनामा एकको मृत्यु

रुपन्देही, असार २८ : रुपन्देहीको कञ्चन गाउँपालिकास्थित फायरलाइनमा बलेरो जीप दुर्घटनामा एक जनाको मृत्यु भएको छ। स्थानीय हरैयाबजारबाट फायरलाइनतर्फ आउँदै गरेको बा१५च ९३८९ नंको जीप अनियन्त्रित भई सालको रुखमा ठोक्किएको इलाका प्रहरी कार्यालय रुद्रपुर रुपन्देहीले जनाएको छ। 

सो दुर्घटनामा गम्भीर घाइते तिलोत्तमा नगरपालिका–११ का करिब ३८ वर्षीय सुरज खड्काको लुम्बिनी प्रादेशिक अस्पतालमा मृत्यु भएको इलाका प्रहरी कार्यालय रुद्रपुर रुपन्देहीका प्रहरी निरीक्षक इन्द्र चौधरीले जानकारी दिए। शनिबार बेलुका भएको सो दुर्घटनामा चार घाइते भएका छन्। 

प्रकाशित मिति: १२:०५ बजे, आइतबार, असार २८, २०७७