संखुवासभाको सिसुवामा बगे ७ घरः ११ बेपत्ता
खाँदबारी, असार २८ : संखुवासभाको सिलिचोङ गाउँपालिका–१ सिसुवाखोलाको बेसिन्दामा वर्षासँगै आएको पहिराले सात घर बगाएको छ। गए राति आएको पहिराले बेसिन्....

खाँदबारी, असार २८ : संखुवासभाको सिलिचोङ गाउँपालिका–१ सिसुवाखोलाको बेसिन्दामा वर्षासँगै आएको पहिराले सात घर बगाएको छ। गए राति आएको पहिराले बेसिन्दा गाउँका घर बगाउँदा ११ जना बेपत्ता भएको गाउँपालिका अध्यक्ष रामबहादुर कुलुङले जानकारी दिए।
पहिरोमा परेका तीन जनाको स्थानीयले उद्धार गरेका छन्। पहिरोका कारण वडा कार्यालय र स्वास्थ्यचौकी भवनमा समेत क्षति पुगेको छ। अहिले पनि त्यस क्षेत्रमा लगातार पानी परिरहेका कारण उद्धारमा कठिनाइ भएक छ।
घटनास्थलमा प्रहरी पुगिनसकेका कारण के कति क्षति भयो भन्ने विवरण आइनसकेको जिल्ला प्रहरी कार्यालय संखुवासभाका प्रहरी प्रमुख नवराज मल्लले बताए।
प्रकाशित मिति: १२:०० बजे, आइतबार, असार २८, २०७७
प्रतिक्रिया दिनुहोस्
थप समाचार











