Kathmandu Press

बबई नदीको बाढीमा बगेर दम्पत्ती बेपत्ता

बर्दिया, असार २८ : बबई नदीमा आएको बाढीमा बगेर बर्दियाको ठाकुरबाबा नगरपालिका–४ बगनाहा गाउँका एक दम्पती बेपत्ता भएका छन्।

जिल्ला प्रहरी ....

बबई नदीको बाढीमा बगेर दम्पत्ती बेपत्ता

बर्दिया, असार २८ : बबई नदीमा आएको बाढीमा बगेर बर्दियाको ठाकुरबाबा नगरपालिका–४ बगनाहा गाउँका एक दम्पती बेपत्ता भएका छन्।

जिल्ला प्रहरी कार्यालयका अनुसार बबई नदीमा बगेर ठाकुरबाबा नगरपालिका–४ बगनाहा गाउँका ३२ वर्षीय जितबहादुर थारू र उनकी पत्नी २६ वर्षीया राजकुमारी थारु बेपत्ता भएका हुन्। बबई नदी किनारमा दाउरा सङ्कलन गरेर फर्कने क्रममा बाढीले बगाएको प्रहरीले जनाएको छ।

उनीहरु बबई नदीको खैलार बनकट्टीघाट नजिक शनिबार बगेर बेपत्ता भएका हुन्। उनीहरु बगेको बाख्रा चराइरहेका स्थानीय वासिन्दाले देखेका थिए। उनले प्रहरीलाई खबर गरेलगत्तै प्रहरी टोली पुगेको थियो।

उनीहरुको नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीय वासिन्दाले खोजी गरिरहेका छन्। अहिलेसम्म भेट्टाउन नसकेको प्रहरीले जनाएको छ।

प्रकाशित मिति: १०:३४ बजे, आइतबार, असार २८, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्