Kathmandu Press

इन्द्रावती नदीमा बालकसहित तीन जना बेपत्ता

काभ्रे, असार २८ : इन्द्रावती नदीले बगाउँदा मण्डनदेउपुर नगरका १२ वर्षीय बालकसहित तीन जना बेपत्ता भएका छन्।

काभ्रेप्लाञ्चोक र सिन्धुपाल्चोक सी....

इन्द्रावती नदीमा बालकसहित तीन जना बेपत्ता

काभ्रे, असार २८ : इन्द्रावती नदीले बगाउँदा मण्डनदेउपुर नगरका १२ वर्षीय बालकसहित तीन जना बेपत्ता भएका छन्।

काभ्रेप्लाञ्चोक र सिन्धुपाल्चोक सीमा भएर बग्ने इन्द्रावती नदीमा शनिबार साँझ बालकसहित तीन जना बगेका हुन्। मण्डनदेउपुर नगरपालिका–१० हल्देटारका ३७ वर्षीय चन्द्र लामा र माझीगाउँका ३३ वर्षीय सम्फे माझी नदी तर्ने क्रममा बेपत्ता भएको वडाध्यक्ष विष्णु नेपालले बताए।

त्यस्तै, साथीहरुसँगै नदी तर्ने क्रममा स्थानीय १२ वर्षीय अभिषेक नेपाली इन्द्रावती नदीमा बगेका थिए। उनी पनि वेपत्ता रहेको वडाध्यक्ष नेपालीले बताए।

सिन्धुपाल्चोकको ¥यालेमा पनि घर भएका चन्द र सम्फे रोपाइँ सकेर साँझ घर फर्कँदा नदी तर्ने क्रममा बगेको हुन्। “राति अबेरसम्म उनीहरुको खोजी गरियो, आज बिहानदेखि पुनः खोजीकार्यमा जुटेका छौँ, तर भेट्टाउने सम्भावना न्यून देखिन्छ,” वडाध्यक्ष नेपालीले भने।

उनका अनुसार शनिबार साँझदेखि स्थानीय प्रहरी तथा सशस्त्र प्रहरीका गोताखोरसमेतले खोजी गर्दा भेट्टाउन सकेको छैन। अविरल वर्षाका कारण नदीको बहाव बढिरहेकाले खोजीमा निकै कठिनाइ भइरहेको उनले बताए।

 

प्रकाशित मिति: १०:१६ बजे, आइतबार, असार २८, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्