उदयपुरमा बाढीले बगाउँदा एकको मृत्यु
उदयपुर, असार २८ : उदयपुरको त्रियुगा नदीको बाढीले बगाउँदा त्रियुगा नगरपालिका–९ गैरुनका ६० वर्षीय मान चौधरीको मृत्यु भएको छ।
जिल्ल....

उदयपुर, असार २८ : उदयपुरको त्रियुगा नदीको बाढीले बगाउँदा त्रियुगा नगरपालिका–९ गैरुनका ६० वर्षीय मान चौधरीको मृत्यु भएको छ।
जिल्ला प्रहरी कार्यलय उदयपुरका अनुसार शनिबार साँझ ५ बजे त्रियुगा नगरपालिका–५ देउरीबाट घर फर्कने क्रममा त्रियुगा नदी तर्दा उनी बगेका हुन्।
बाढीले बगाएलगत्तै देउरीका केही स्थानीय वासिन्दाले खोजी शुरु गरेका थिए। स्थानीय वासिन्दा र प्रहरी टोलीले बाढीले बगाएको स्थानबाट सात सय मिटर तल त्रियुगा नदी किनारमा शव भेटेको जिल्ला प्रहरी कार्यलय उदयपुरका प्रहरी नायब उपरीक्षक गोविन्द पुरीले बताए। श
उनको शव पोस्टमार्टमका लागि जिल्ला अस्पताल उदयपुरमा राखिएको छ।
केही दिनयता परिरहेको वर्षाले विभिन्न नदीमा बाढी आएको छ। कयौं गाउँ डुबानमा परेका छन्।




-1792226847.jpeg)






-1792226847.jpeg)