Kathmandu Press

भारतमा आइतबार मात्र २७ हजार वढी संक्रमित थपिए 

काठमाडौं, असार २८ : भारतमा कोरोना संक्रमितको संख्यामा लगातार बृद्धि भएको छ । आइतबार बिहानसम्म ८ लाख ५० हजार ३५८ जनामा संक्रमण पुष्टि भएकोमा ४ दिनमा सं....

भारतमा आइतबार मात्र २७ हजार वढी संक्रमित थपिए 

काठमाडौं, असार २८ : भारतमा कोरोना संक्रमितको संख्यामा लगातार बृद्धि भएको छ । आइतबार बिहानसम्म ८ लाख ५० हजार ३५८ जनामा संक्रमण पुष्टि भएकोमा ४ दिनमा संक्रमित हुनेको संख्या मात्रै १ लाख ६ हजार ८५७ छ ।

बिहीबार २५ हजार ५७१ जनालाई संक्रमण भएकोमा शुक्रबार २५ हजार ८०३, शनिबार २७ हजार ७२८ तथा आज आइतबार २७ हजार ७५५ जनामा संक्रमण पुष्टि भएको हो । यस्तै संक्रमणले मृत्यु हुनेको संख्या २२ हजार ६८७ पुगेको छ ।

पछिल्लो २४ घण्टामा थप ५४३ जनाको मृत्यु भएको छ । अहिलेसम्म संक्रमितमध्ये ५ लाख ३६ हजार २३१ संक्रमणमुक्त भएका छन् भने २ लाख ९१ हजार ४४० जनाको उपचार भइरहेको छ ।

प्रकाशित मिति: ०६:५८ बजे, आइतबार, असार २८, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्