प्रधानमन्त्री ओलीको राष्ट्रियता मुद्दा कागजी बाघमात्र : पौडेल
काठमाडाैं, असार २७ : नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले वर्तमान प्रधानमन्त्री केपी ओलीको राष्ट्रियताको नारा कागजी बाघमात्र भएको बताएका छन....

काठमाडाैं, असार २७ : नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले वर्तमान प्रधानमन्त्री केपी ओलीको राष्ट्रियताको नारा कागजी बाघमात्र भएको बताएका छन्।
गण्डकी प्रदेशका कांग्रेस नेता कार्यकर्ताहरुसँगको अर्चुअल बैठकमा शनिबार नेता पौडेलले ओली राष्ट्रियताको मुद्दालाई ओलीले कागजी बाघमात्र बनाएको बताएका हुन्। उनले प्रधानमन्त्री ओलीले राष्ट्रियतालाई कागजी बाघ बनाएकाले नेपाली भूमि फिर्ता गर्न नसक्ने बताए।
उनले वार्ता गर्ने बेलामा गाली गलौजमा उत्रिएर भारतसँगको वार्ताको वातावरण बिगारेको आरोप लगाए। पौडेलले कम्युनिष्टहरुको राष्ट्रियतामात्र नभएर समाजवाद पनि कागजी बाघ भएको बताए। उनले कम्युनिष्टहरुले भन्ने समाजवाद, समानता तर काम भने भ्रष्टाचार गरेर नयाँ वर्ग जन्माउने गरेको बताए।
पौडेलले गरिबी, अशिक्षा, तथा महामारी रोक्न कम्युनिष्ट सरकार असफल भएको बताए। कम्युनिष्टहरुले जनतालाई झुक्याउने अनि सत्ता हत्याउने जालझेल भन्दा अरु कुनै काम गर्ने ढंग नभएको पौडेलको भनाइ थियो।
पौडेलले कांग्रेसको १४ औं महाधिवेशन फागुनमा हुँदैन कि भन्ने शंका नगर्न आम नेता कार्यकर्तालाई आग्रह गरे। उनले फागुनमा महाधिवेशन गर्नका लागि प्रयाप्त समय भएको बताउँदै कतै महाधिवेशन नगराउनेहरु सक्रिय हुन्छ किन भन्नेमा खबरदारी गर्न आग्रह गरे।




-1792226847.jpeg)






-1792226847.jpeg)