पाँच दिनअघि भारतबाट आएर क्वारेन्टिनमा बसेका वृद्धको मृत्यु
दमौली, असार २७ : तनहुँको भानु नगरपालिका–२ स्थित शारदा कलेजको क्वारेन्टिनमा बसेका एक वृद्धको मृत्यु भएको छ।
मृत्यु हुनेमा भानु नग....

दमौली, असार २७ : तनहुँको भानु नगरपालिका–२ स्थित शारदा कलेजको क्वारेन्टिनमा बसेका एक वृद्धको मृत्यु भएको छ।
मृत्यु हुनेमा भानु नगरपालिका–५ मैबलका ६६ वर्षीय रामबहादुर श्रेष्ठ रहेका छन्। भारतबाट आएर पाँच दिनअघि क्वारेन्टिनमा बसेका उनको बिरामी भएपछि उपचारका लागि पोखरा लैजाँदै गर्दा शनिबार बाटोमै मृत्यु भएको प्रमुख जिल्ला अधिकारी बद्रीनाथ अधिकारीले जानकारी दिए।
उनको शव गण्डकी अस्पतालमा राखिएको र स्वाब संकलन गरी कोरोना परीक्षणको तयारी भइरहेको छ। मृतक श्रेष्ठ सुगर, प्रेसर र प्यारालाइसिसको बिरामी रहेको भानु नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख ऐश्वर्यचन्द्र भट्टराईले जानकारी दिए।
प्रकाशित मिति: १४:३८ बजे, शनिबार, असार २७, २०७७
प्रतिक्रिया दिनुहोस्
थप समाचार




-1792226847.jpeg)






-1792226847.jpeg)