गण्डकी प्रदेशमा थप १४ जनामा कोरोना संक्रमण पुष्टि
पोखरा, असार २७ : गण्डकी प्रदेशमा थप १४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।
शनिबार पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान र प....

पोखरा, असार २७ : गण्डकी प्रदेशमा थप १४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।
शनिबार पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान र प्रदेश क्षयरोग प्रयोगशाला केन्द्रमा गरिएको परीक्षणमा कास्की, तनहुँ, म्याग्दी, स्याङ्जा र बागलुङका १४ जनामा कोरोनाको संक्रमण पुष्टि भएको हो।
संक्रमितहरु तनहुँका चार, स्याङ्जाका तीन, बागलुङका तीन, म्याग्दी दुई र कास्कीका दुई जना रहेको प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक डा. विनोद विन्दु शर्माले जानकारी दिए।
योसँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ११ सय ७६ पुगेको छ। संक्रमितमध्ये ६३३ जना निको भएर घर फर्किएका छन् भने चार जनाको मृत्यु भएको छ।
प्रकाशित मिति: १३:३४ बजे, शनिबार, असार २७, २०७७
प्रतिक्रिया दिनुहोस्
थप समाचार




-1792226847.jpeg)






-1792226847.jpeg)