Kathmandu Press

विश्व स्वास्थ्य संगठनले भन्यो- कोरोना भाइरसलाई निमिट्यान्न पार्न मुश्किल

काठमाडौं, असार २७ : विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) ले कोरोना भाइरस पूर्णरुपमा समाप्त पार्न मुस्किल रहेको बताएको छ। 

विश्व स्वास्थ्य....

विश्व स्वास्थ्य संगठनले भन्यो- कोरोना भाइरसलाई निमिट्यान्न पार्न मुश्किल

काठमाडौं, असार २७ : विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) ले कोरोना भाइरस पूर्णरुपमा समाप्त पार्न मुस्किल रहेको बताएको छ। 

विश्व स्वास्थ्य संगठनका इमर्जेन्सी कार्यक्रम प्रमुख डा. माइक रायनले शुक्रबार आयोजित प्रेस सम्मेलनमा कोरोना भाइरसलाई अन्त्य गर्न नसकिने बताएका हुन्।  

‘अहिले जुन स्थिति देखिएको छ, त्यसलाई हेर्दा कोरोना भाइरसलाई निमिट्यान्न पार्न सकिन्छ जस्तो लाग्दैन’, जेनेभामा पत्रकार सम्मेलन गर्दै उनले भने।विश्व स्वास्थ्य संगठनका अनुसार वितेको २४ घण्टामा कोरोना संक्रमितको संख्या हालसम्मकै बढी २ लाख २८ हजार १ सय २ जना थपिएका छन् ।

जोन्स हप्किन्स विश्वविद्यालयको तथ्यांकअनुसार हाल विश्वभर कोरोनाबाट संक्रमित व्यक्तिहरुको संख्या १ करोड २४ लाख ५९ हजार ३ सय ६३ छ। यसैगरी कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या २ लाख ५९ हजार ४ सय ३९ छ।

अमेरिकामा सबैभन्दा धेरै ३१ लाख ८१ हजार ८ सय ४६ जना संक्रमित छन् । कोरोनाबाट दोस्रो बढी प्रभावित देश ब्राजिलमा १८ लाख बढी संक्रमित रहेको जोन्स हप्किन्स विश्वविद्यालयले जनाएको छ ।

प्रकाशित मिति: ०७:५० बजे, शनिबार, असार २७, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्