Kathmandu Press

सातै प्रदेशमा पीसीआर विधिबाट कोरोना परीक्षण गर्न पाइने, शुल्क ५५ सय 

काठमाडौं, असार २६ : सरकारले सातवटै प्रदेशमा सशुल्क कोरोना परीक्षणको सुविधा उपलब्ध गराउने भएको छ। 

काठमाडौं उपत्यकामा मात....

सातै प्रदेशमा पीसीआर विधिबाट कोरोना परीक्षण गर्न पाइने, शुल्क ५५ सय 
फाइल

काठमाडौं, असार २६ : सरकारले सातवटै प्रदेशमा सशुल्क कोरोना परीक्षणको सुविधा उपलब्ध गराउने भएको छ। 

काठमाडौं उपत्यकामा मात्रै उपलब्ध सुविधालाई विकेन्द्रिकृत गर्दै सातवटै प्रदेशका सात अस्पतालबाट पीसीआर विधिमार्फत कोरोना परीक्षणको सुविधा दिइएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता  डा.जागेश्वर गौतमले बताए।

कोरोना संक्रमित भए नभएकोबारे निर्धक्क हुन चाहाने व्यक्तिले सशुल्क परीक्षण गराउन सक्ने गौतमको भनाइ छ। ‘अब जनताले पैसा तिरेर पीसीआर विधिबाट परीक्षण गराउन सक्नुहुनेछ हामीले प्रदेशका सात वटा अस्पतालबाट यो सुविधा लिने व्यवस्था गरेका छौँ,’ उनले भने।

पीसीआर विधिबाट परीक्षणका लागि पाँच हजार पाँच सय खर्च लाग्ने गौतमको भनाइ छ। सरकारले प्रदेश १ मा कोसी अस्पताल, प्रदेश २ मा नारायणी अस्पताल, गण्डकी प्रदेशमा पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, प्रदेश ५ मा लुम्बिनी अस्पताल र कर्णालीमा प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला सुर्खेत र सुदूरपश्चिममा प्रादेशिक प्रयोगशाला धनगढीलाई स्वीकृति दिइएको हो। 

बागमती प्रदेशमा भने काठमाडौंस्थित वीर अस्पताल, पाटन अस्पताल र त्रिवि शिक्षण अस्पतालमा सशुल्क परीक्षण हुँदै आएको थियो।
 

प्रकाशित मिति: १९:३५ बजे, शुक्रबार, असार २६, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्