Kathmandu Press

बाढीपहिरो पीडितको उद्धारमा खटिन कांग्रेस कार्यकर्तालाई देउवाको निर्देशन

काठमाडाैं, असार २६ :  नेपाली कांग्रेसले अविरल वर्षापछि आएको बाढी, पहिरो र डुबानका कारणले देशका विभिन्न जिल्लामा भएको जनधनको क्षति र पीडितको जीवन ....

बाढीपहिरो पीडितको उद्धारमा खटिन कांग्रेस कार्यकर्तालाई देउवाको निर्देशन
फाइल

काठमाडाैं, असार २६ :  नेपाली कांग्रेसले अविरल वर्षापछि आएको बाढी, पहिरो र डुबानका कारणले देशका विभिन्न जिल्लामा भएको जनधनको क्षति र पीडितको जीवन कष्टकर बन्दै गएको प्रति दुःख व्यक्त गरेको छ। 

सभापति शेरबहादुर देउवाले शुक्रबार  विज्ञप्ति जारी गरी प्राकृतिक विपत्को यस घटनाप्रति दुःख व्यक्त गर्दै अहिलेको संवेदनशील घडीमा प्रभावितको जीवन रक्षा, उद्धार र राहतलाई प्रभावकारी बनाउनका लागि छिटोभन्दा छिटो उद्धार टोली खटाएर थप मानवीय र भौतिक क्षति रोक्न सरकारसँग आग्रह गरेका छन्।
 
सभापति देउवाले प्रभावित क्षेत्रका कांग्रेसका स्थानीय पार्टी निकाय तथा भ्रातृ एवं शुभेच्छुक संघसंस्थालाई पीडित परिवारलाई तत्काल उद्धार र राहतमा आवश्यक सहयोग पुर्‍याउन निर्देशन दिएका छन्। केही दिनदेखि अविरल वर्षापछि आएको बाढीपहिरो र डुबानमा परी कास्कीमा सातको मृत्यु र ११  घाइते, लमजुङमा तीनको मृत्यु र चार घाइते, सिन्धुपाल्चोकमा दुईको मृत्यु र २१ बेपत्ता तथा म्याग्दीमा ३२ जना बेपत्ता भएका छन्। 

यसैगरी कैयौँ नागरिक बासस्थानबाट विस्थापित भएको तथा कैयौँ स्थानमा बाढीपहिरोका कारण सडक यातायात अवरुद्ध भई नागरिकले कठिनाइ व्यहोर्नु परेको छ। 

प्रकाशित मिति: १९:३१ बजे, शुक्रबार, असार २६, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्