प्रधानमन्त्री ओलीका पक्षमा काठमाडौंमा प्रदर्शन
काठमाडौं, असार २६ : प्रधानमन्त्री केपी शर्मा ओलीका पक्षमा काठमाडौंको माइतीघर मण्डलमा प्रदर्शन भएको छ।
युवाद्वारा गरिएको जनप....

काठमाडौं, असार २६ : प्रधानमन्त्री केपी शर्मा ओलीका पक्षमा काठमाडौंको माइतीघर मण्डलमा प्रदर्शन भएको छ।
युवाद्वारा गरिएको जनप्रदर्शनमा प्रधानमन्त्रीका पक्षमा नारा लगाइएको छ। उनीहरुले ‘आज होइन भोलिलाई, हाम्रो समर्थन ओलीलाई’, ‘वैदेशिक हस्तक्षेप चाहिँदैन, सरकार ढाल्न पाइँदैन’ लगायतका नारा लगाएका हुन्।
त्यस्तै उनीहरुले ‘पार्टी एकता जिन्दावाद’, ‘फेर्नु छ चाँडो देशको मुहार, हाम्रो भविष्य हाम्रो सरकार’, ‘जनताको चाहना सरकार परिवर्तन गर्न पाइँदैन’, ‘कालापानी, लिम्पियाधुरा, लिपुलेक हाम्रो हो’ र ‘ओली सरकारका पक्षमा ऐक्यबद्धता जनाऔँ’ जस्ता नारा लेखिएका व्यानर र प्ले कार्डसमेत बोकेका थिए। रासस
प्रकाशित मिति: १९:१५ बजे, शुक्रबार, असार २६, २०७७
प्रतिक्रिया दिनुहोस्
थप समाचार




-1792226847.jpeg)






-1792226847.jpeg)